क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
क्यानाडाको स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री ट्रूडोकी श्रीमती सोफीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो। गत मंगलबार सोफी लन्डन भ्रमणबाट फर्किएकी थिइन्। लण्डनबाट फर्केलगतै उनि बिरामी परेकी थिइन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार आएको रिपोर्टमा सोफिमा टेस्ट पोजिटिभ देखिएपछि उनलाई र प्रधानमन्त्रीलाई घरमै आईसोलेशन राखिएको छ।
प्रधानमन्त्री ट्रूडोले आफ्नो काम-कारबाही घरबाट नै गरिराखेको क्यानाडाको सरकारले बताएको छ। चीनको उहान सहरबाट फैलिएको कोरोना भाइरसबाट अहिले सम्म ४ हजार ९८४ जनाको मृत्यु भएको छ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट अहिले सम्म बिश्वभर करिब १ लाख ३५ हजारमा सङ्क्रमण देखिएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय