कोरोना भाइरसबाट ग्रीसमा एक जनाको मृत्यु भएको छ। ग्रीसको स्वास्थ्य मन्त्रालयका अनुसार बिश्वमा महामारीको रुपमा फैलिएको कोबिड(१९ अर्थात् कोरोना भाइरसबाट ग्रीसमा ६६ बर्षिय व्यक्तिको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार उक्त व्यक्ति इजरायल र इजिप्टको मिश्रबाट फेब्रुअरी अन्तिममा ग्रीस प्रवेश गरेका थिए। यही समयमा उनी कोरोनाबाट संक्रमित भएको मन्त्रालयले अनुमान गरेको छ।
बिश्वभर १ लाख २६ हजार ३ सय ८० जनामा देखिएको कोरोनाको संक्रमण ग्रीसमा पछिल्लो २४ घन्टामा ९९ जनामा देखिएको बताइएको छ। अहिलेसम्म कोरानाका कारण चार हजार छ सय ३५ जनाले ज्यान गइसकेको छ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय