भारतका पूर्व केन्द्रिय मन्त्री ज्योतिरादित्य सिंधियाले बुधवार भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरेका छन्। भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) छोडेको २७ घण्टा पनि नबित्दै सिंधियाले भाजपामा प्रवेश गरेका हुन्।
बुधबार भाजपा केन्द्रीय कार्यालयमा राष्ट्रिय अध्यक्ष जेपी नड्डाको हातबाट सिंधियाले पार्टीको प्राथमिक सदस्यता लिएका थिए। सदस्यता ग्रहण गरेपछि उनले कांग्रेसको चर्को आलोचना गरेका थिए।
जेपी नड्डासंगको पत्रकार सम्मेलनमा उनले कांग्रेसमा पहिलाको स्थिति नरहेको बताएका छन्। उनले कांग्रेस पार्टीमा बसेर अब जनसेवा गर्न सकिने सम्भावना नै नरहेको बताए। भाजपमा आएपछि उनले कांग्रेसले वास्तविकता, नयाँ नेतृत्व, नयाँ विचारलाई स्वीकार्न नसकेको आरोप लगाएका छन् ।(एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय