अमेरिकी राष्ट्रपति डोनाल्ड डोनाल्ड ट्रम्पले इरान का सर्वोच्च धार्मिक नेता अयातुल्लाह अली ख़मेनेईलाई शब्दमा सतर्क रहन चेतावनी दिएका छन्।
शुक्रबार राष्ट्रपति ट्रम्पले ट्वीटरमा ट्वीट गर्दै अयातुल्लाहलाई आफ्नो भाषा र शब्दमा ध्यान दिन चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, 'इरानका तथाकथित ‘सर्वोच्च नेता’ जो हिजोआज सर्वोच्च रहेनन्, उनले अमेरिका र युरोप बारे तल्लोस्तरको कुरा भनेका छन्। उनले यहाँका अर्थ व्यवस्था बिगीर्दै गएको र जनताले दुख पाएको बताएका छन्।उनले आफ्नो भाषामा होस् पु-याउनुपर्छ।'
https://twitter.com/realDonaldTrump/status/1218297466656829440
शुक्रबार अयातुल्लाहले युक्रेनको यात्रु बिमान इरानी सेनाले गल्तिले खसालेको भन्दै बचाऊ गरेको भन्दै भाषण दिएका थिए। उनले भनेका थिए, 'हामी यस दुर्घटनाबाट जति दुःखी छौ, त्यति नै खुशी हाम्रा शत्रुहरु छन्। यो घटनापछि उनीहरुले रिभाेल्युशनरी गार्ड र हाम्रो सेनामाथि प्रश्न उठाउन मुद्दा पाएका छन्।' अयातुल्लाहले अमेरिका र उसको मित्र देशप्रति लक्षित गर्दै गरेको भाषणपछि ट्रम्पले उनलाई चेतावनी दिएका हुन्।
केहि समयअघि अमेरिकाले इरानका जनरल कासिम सुलेमानीलाई इराकको राजधानी बग्दादमा ड्रोनबाट आक्रमण गरी मरेपछि इरान र अमिरिकाबीच तनाब बढेको थियाे। (बीबीसी)
प्रकाशित मिति: बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय