हिमाल दैनिक
नेपाली सीमा अतिक्रमणविरुद्ध एनआरएन ग्रीसको समेत विरोध
NRN Greece
गैर आवासीय नेपाली संघ (एनआरएन) ग्रीसको साधारण सभा तथा नयाँ वर्ष सन् २०२० को शुभकामना आदान प्रदान कार्यक्रम हालै ग्रीसमा सम्पन्न भएको छ। नयाँ वर्षको उपलक्ष्यमा संघका अध्यक्ष यमबहादुर शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गान गाउँदै ग्रीसमा रहेका नेपालीहरुले देशभक्तिपूर्ण भावना व्यक्त गरे। खासगरी पछिल्लो समय नेपालको सुदूरपश्चिमको विकट जिल्ला दार्चुलामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटर भारतले आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेपछि नेपालको भूभाग अतिक्रमण भएको भन्दै देशभित्र चर्को विरोध भइरहेको बेला ग्रीसमा रहेका गैरआवासीय नेपाली पनि यो विषयबाट अछुतो रहन सकेनन्। साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा ग्रीसमा रहेका गैरआवासीय नेपालीहरुले राष्ट्रियताप्रतिको स्नेह झल्काउन राष्ट्रिय गान मात्र गएनन्। उनीहरुले भारतीय सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि अतिक्रमण गरी नेपालको भौगोलिक अखण्डतामाथि धावा बोलेकोे विरोधमा भारतीय अतिक्रमणविरुद्ध नरावाजी समेत गरेका थिए। कार्यक्रममा एनआरएन ग्रीसका पूर्व अध्यक्ष कृष्ण पोखरेल, संघका संस्थापक कोषाध्यक्ष उत्तरबहादुर गुरुङ, साहित्यिक चौतारी नेपाल ग्रीस शाखाका अध्यक्ष गनी गुरुङ, नेपाल उत्पीडित जातीय समाजका अध्यक्ष टिकाराम बिक, लगायतका वक्ताहरुले एनआरएनको विगतको समिक्षा र भविश्यमा कसरी संस्थालाई प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे प्रकाश पारेका थिए। ग्रीस शाखाका महासचिवि देवेन्द्र गुरुङले संचालन गरेको कार्यक्रममा अध्यक्ष शाहीले संघले व्यहोर्नु परेका समस्या र भावी कार्ययोजनाहरुको विषयमा सहभागीहरुबाट उठेका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए। उक्त अवसरमा विभिन्न सांस्कृतिक नाँच, गान र मनोरञ्जनात्मक कार्यक्रमको आयोजना समेत गरिएको थियो।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update