इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको आरोप लगाएका छन् ।
उनले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या र त्यसपछिका अमेरिकाका इरानप्रतिका काम र व्यवहारले अमेरिका इरानसँग युद्ध गर्न चाहेको देखिएको बताए ।
विदेशमन्त्री जरिफले सुलेमानीको हत्यालाई अमेरिकाले इरानमाथि गरेको ठूलो अपराधको संज्ञा दिँदै यस्ता क्रियाकलापहरुलाई नै आतंककारी क्रियाकलाप भन्ने हो भने ।
उनले सुलेमानीको हत्याको बदला अमेरिकासँग लिएरै छोड्ने पनि बताए । उनले भने– हामीलाई यो थाहा छ कि हामी हाम्रा सैन्य कमाण्डरको हत्याको बदल लिनेछौँ ।(रासस÷सिन्ह्वा)
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय