इरानी सैनिक जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेलगत्तै इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताए अनुसार, सुलेमानीको हत्याको बदलामा इरानले बुधबार बिहान उज्यालो नहुँदै इराकस्थित अमेरिकी सैन्य अखडामा झण्डै दुई दर्जन पटक व्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
इराकको अनबर प्रान्तस्थित ऐन अल(असद बेसक्याम्प र इरबिलको एक ग्रीन जोनस्थित सैन्य अखडामा आक्रमण गर्दा करिब ८० जना अमेरिकी सैनिकको मृत्यु भएको दाबी इरानी सरकारी मिडियाले गरेको छ।
यद्यपि उक्त आक्रममा कति सैनिक सामेल गरिएको भन्ने अहिलेसम्म कुनै उल्लेख गरिएको छैन।
https://www.facebook.com/himaldainik/videos/545038372751263/
इरानको सरकारी टिभिले रेभुल्यूशनरी गाडर््सको हवाला दिँदै दिएको समाचार अनुसार उक्त आक्रमणमा अमेरिकी हतियार तथा हेलिकप्टरमा क्षति पुर्याइएको छ।
समाचारमा उल्लेख भए अनुसार, इरानले करिब एक सय अमेरिकी स्थानलाई निशान बनाइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना लगत्तै एक ट्वीटमार्फत सबै कुरा ठिक छ बाँकी बुधबार जानकारी दिने बताएका छन्।
केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले इराकको बगदादमा रहेका इरानी जनरल सुलेमानीमाथि ड्रोन मार्फत आक्रमण गरी हत्या गरेपछि इरान र अमेरिकाबीचको तनाब बढेको थियो।
(एजेन्सीकाे सहयाेगमा)
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय