भारतको झारखण्डमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले अनपेक्षित पराजय व्यहोर्नु पर्ने स्थिति उत्पन्न भएको छ।
अतिवादी कम्युनिष्ट द्धन्द्धको चपेटमा रहेको झाखण्डमा केही दिनअघि ८१ सिटका लागि भएको विधानसभा निर्वाचनको सोमबार बिहानदेखि सुरु भएको मतगणनको प्रारम्भिक रुझान अनुसार, भाजपाको प्रदेश सरकारलाई क्षेत्रीय दल झाखण्ड मुक्तिमोर्चा (जेएमएएम) र भारतीय राष्ट्रिय कांग्रेसको गठनबन्धनले बाहिर पठाउने पक्का पक्की भएको भारतीय संचारमाध्यमले बताएका छन्।
बिहान ११ बजेसम्मको मतगणामा जेएमएम, कांग्रेस र लालु यादवको राजेडी गठबन्धनले ४१ सिटमा अग्रता लिएको छ भने कुनै दलसँग गठबन्धन नगरी चुनाव लडेको सत्तारुढ भाजपाको २७ सिटमा अग्रता रहेको छ।
यसअघि २०१४ सालमा भएको निर्वाचनमा भाजपाले ३७ सिटमा जित हाँसिल गर्दै गठबन्धन सरकार बनाएको थियो।
तर, अहिले भाजपाको १० सिट घट्ने स्थिति देखिएको छ। उता जेएमएम, कांग्रेस गठबन्धनले यसअघिको निर्वाचनमा भन्दा १६ सिट बढि ल्याउने संकेत दिएको छ।
प्रदेश सरकार गठनका लागि ८१ सिटमध्ये कम्तिमा ४१ सदस्यको समर्थन चाहिन्छ। जसका लागि जेएमएम, कांग्रेस गठबन्धनको सहज बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ।
लोकसभा चुनावमा देशभरी नै अत्याधिक बहुमत ल्याएर नरेन्द्र मोदीको नेतृत्वमा सरकार बनाएको भाजपाले पछिल्लो समय भएको प्रदेश सभा निर्वाचनमा हरियाणापछि झारखण्डको चुनावमा पनि पराजय व्यहोर्नु परेको छ भने मुम्बईमा निर्वाचनमा हातेमालो गरेकै शिवसेना दलसँगको विवादका कारण सत्ता बाहिर पुगेको छ।
यदि यो प्रारम्भिक नतिजा अनुसार साँझसम्म अन्तिम नतिजा आएका जेएमएमका नेता हेमन्त सोरेन झारखण्डको नयाँ मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय