हिमाल दैनिक
बलात्कारको आरोपमा पक्राउ परेका ४ आरोपी फिल्मी शैलीमा मारिए
haidrabad-gang-Rape-police-ne-encounter
हैदराबादमा केही दिन अघि एक भेटनरी डाक्टरको सामूहिक बलात्कार पश्चात जलाएर मारेको आरोपमा पक्राउ परेका चार जना आरोपीलाई तेलंगाना पुलिसले बिहिबार राती इन्काउण्टरमा मारिदिएको छ। २७ नोभेम्बरमा एक महिला डाक्टरलाई कसरी मट्टितेल खन्याएर जलाएका थिए भन्नेबारे घटनाको विषयमा विस्तृत अध्ययानका लागि प्रहरीले चार जना आरोपीलाई बिहीबार साँझ लिएर अण्डरब्रिजमा लाँदै गर्दा आरोपीहरुले प्रहरीको हतियार खोसेर जाइलाग्दै भाग्न खोजेपछि प्रहरीले जवाफी आक्रमणमा उनीहरु मारिएको भारतीय संचारमाध्यमहरुले बताएका छन्। शमशाबाका डिसीपी प्रकाश रेड्डीलाई उद्रीत गर्दै संचारमाध्यमले दिएको समाचार अनुसार, प्रहरीको नियन्त्रणबाट फुत्किएर भाग्दै आक्रमण गर्न लाग्द आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको र उनीहरु सबै घटनास्थ्लमा मारिएको उल्लेख छ। उक्त घटनामा दुई प्रहरी पनि घाइते भएको बताएको छ। यस घटनाले भारतीय संचारमाध्यममा शुक्रबार बिहानैदेखि सनसनी मच्चाएको छ। उक्त घटनाको समाचार देख्दा भारतीय चलचित्रमा देखिने दृश्यभन्दा फरक नभएको कतिपयले प्रतिक्रिया दिएका छन्। बलात्कारपछि मारिएकी महिलाका बाबु र आफन्तजनले प्रहरी कारबाहीको प्रसंशा गर्दै प्रदेश सरकार र प्रहरीले अपराधीलाई भाग्न नदिएर राम्रो काम गरेको प्रतिक्रिया दिएका छन्। २७ नोभेम्बरमा आफ्नो दुइपांग्रे सवारी साधन पंचर भएपछि उद्दारको पर्खाइमा रहेकी २६ वर्षीया भेटनरी डाक्टर महिलालाई सामूहिक बलात्कार पश्चात मट्टितेल खन्याएर जलाइदिएका थिए। दोस्रो दिन उनको जलेको अवस्थामा लास भेटिएपछि प्रहरीले चार जना आरोपी मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिंताकुंथा चेन्नाकेशवुलुलाई प्रक्राउ गरेको थियो। ट्रक चालक र क्लीनर चारजना रक्सी पिएर मातेको अवस्थामा उक्त महिलाको इज्जत लुटेपछि उनलाई जिउँदै जलाएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा राखिएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update