अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन्।
उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो । उनि हाल ९५ वर्षका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निरन्तर सुधारोन्मुख रहेको छ । उनि केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।
गत नोभेम्बरमा पनि कार्टरको मस्तिष्क श्राव भएको भन्दै शल्यक्रिया गरिएको थियो । उनि अमेरिकाका ३९औं राष्ट्रपति भएका थिए । उनको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो ।(रासस/सिन्ह्वा)
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय