हिमाल दैनिक
कोबिड-१९ : उद्योग वाणिज्य महासंघको ५० लाखको सहयोग
bhawani-rana
नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाएको छ । सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण गरेको हो । टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक हस्तान्तरण गरेको थियो । मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले बताईन । महासंघले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई मार परेकाले उनीहलाई खाद्यान्न पनि सहयोग गर्ने राणाले जानकारी दिईन । https://www.facebook.com/himaldainik/videos/258570241832972/?t=4 सरकारसँगको समन्वयमा यस्तो सहयोग वितरण हुने अध्यक्ष राणाले जानकारी दिईन । ५ किलो चामल र १ किलो दालको प्याकेटहरु बनाउने काम सुरु भएको उनले बताईन ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update