सगरमाथा क्षेत्रबाट आज १६ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । आज १४ जना अष्ट्रेलियन र दुई जना बेलायती गरी १६ जनाको उद्धार गरिएको हो । १४ जना अष्ट्रेलियन नागरिकलाई तारा यएरको जहाज र दुई बेलायती नागरिकलाई डाइनेस्टिक एयरको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो ।
अझै पनि कबिर १७१ जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा रहेको नागरिक उडड्यन प्राधिकारण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। बिहीबार एक नेपालीसहित १९ जनाको उद्धार गरिएको थियो भने मङ्गलबार र बुधबार १० जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिईन । शुक्रबार मात्रै २६० जर्मन नागरिकसहित ३०७ जनालाई काठमाडौँबाट कतारको दोहा हुँदै युरोप पठाइएको छ ।
सल्लेरीमा अलपत्र ६ जनालाई शनिबार काठमाडौँ पठाइने
सदरमुकाम सल्लेरीमा अलपत्र परेका ६ जना विदेशी पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाइने भएको छ । तीन साताअघि नेपाल भ्रमणमा आएका उनीहरु नेपाल लकडाउन भएपछि सल्लेरीमा नै अलपत्र परेका थिए । स्पेन, पोल्याण्ड, अमेरिका, फ्रान्स, क्यानाडा र भारतका ६ जना नागरिक लकडाउनका कारण सल्लेरीमै अलपत्र परेको भन्दै प्रशासन कार्यालयमा आएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिईन । आफूहरुसँग भएको खर्च सकिएकाले थप समस्या भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा उद्धारको लागि आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वय तथा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको पहलमा शनिबार उनीहरुलाई सडक मार्गहुँदै काठमाडाँै पठाइने निश्चित भएको छ ।गाइडको उद्धारका लागि अनुरोध
लुक्लामा अलपत्र परेका पर्यटक गाइडहरुले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेका छन् । विभिन्न देशका पर्यटकहरुलाई लिएर सगरमाथा क्षेत्र खुम्बु गएका गाईडले कोरोना भाइरसका कारण नेपाल लक डाउन भएपछि आफू अलपत्र परेको बताएका छन् । लुक्लामा रहेका ३२ जना गाइडले सरकार र सरोकारवाला निकायलाई संयुक्त पत्र लेख्दै आफूलाई चाँडोभन्दा चाँडो उद्धार गर्न माग गरेका हुन् । नेपाली गाइडको तर्फबाट रमेश तामाङले आज पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एशोसिएशन आफ नेपाल (टान) र खुम्बु पासाङल्हामु गाउँपालिकाको नाममा पत्र लेख्दै काठमाडौँ फर्कने व्यवस्था गरिदिन आग्रह गरेका छन् । विभिन्न देशका पर्यटहरुलाई उद्धार गरिएको भए पनि आफूलाई सरकार र सरोकारवाला निकायले वास्ता नगरेको तामाङको गुनासो छ । गाइड तथा पर्यटकलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले खाने तथा विभिन्न होटल एशोसियशनले बास र वाइफाईको व्यवस्था गरेको पर्यटक गाइड धनकुमार तामाङले बताए । पर्यटक गाइड तामाङले फोन सम्पर्क गरी उद्धारको लागि पहलमा सहयोग गरिदिन आग्रह गरे । उनले सम्पूर्ण परिवारको काठमाडौँमा बिचल्ली भएको भन्दै उद्धारको लागि पहल गरिदिन आग्रह गरे । स्थानीय सरकारले खाना तथा बासको व्यवस्था गरेको भए पनि विदेशी पर्यटकलार्इं सम्बन्धित दूतावासमार्फत उद्धार गरिएको भए पनि आफूहरुलाई कसैले पनि वास्ता नगरेको बताए । बिहीबार मात्रै १८ जना विदेशी नागरिकलाई आआफ्नो देशको दूतावासले उद्धार गरेर विमानमार्फत काठमाडौँ लगेको छ ।प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय