हिमाल दैनिक
सरकारले ‘लकडाउन’को समयमा विद्युतीय चुल्हो (इन्डक्सन)मा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ । खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउनेलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने निर्णय गरेको हो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरेर इन्डक्सन चुह्लो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएको बताए। कोरोना भाइरस (कोभिड(१९ ) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ । बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमासमेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update