हिमाल दैनिक
उपत्यकामा अतिरिक्त डिपोहरुबाट ग्यास वितरण सुरु
gas-line
नेपाल आयल निमगले आइतबारदेखि काठमाडौँका विभिन्न स्थानमा खाना पकाउने ग्यासका अतिरिक्त डिपोहरुबाट ग्यास वितरण सुरु गरेको छ । एलपी ग्यास उद्योगसँगको सहकार्यमा निगमले निम्न तथा मध्यम वर्गका उपभोक्तालाई राहत दिन भन्दै अतिरिक्त डिपो सञ्चालन गरेको हो । उच्च तथा उच्च मध्यम वर्गका उपभोक्ताले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूलो संख्यामा ग्यास सञ्चित गर्दा बजारमा अभाव सिर्जना भएको निगमले जनाएको छ । साबिकका डिपो, डिलर र बिक्री केन्द्र यथावत राखी अत्यावश्यक परेकाहरुलाई राहत दिनका लागि नयाँ बिक्री केन्द्रहरु तोकिएको निगमको भनाई छ । सहज रुपमा ग्यास बितरण गर्ने भनिएतापनि बितरण केन्द्रमा उपभोक्ताको लाइन लागेको छ । उपभोक्ताहरुले भिडभाडमा नजान सरकारले नै गरेपनि ग्यास लिन भने भिड भएको बताए । उनीहरुले लामो लाइन बस्दा पनि ग्यास पाउन भने नसकेको बताए । निगमले दोब्बर परिमाणमा ग्यासको आपूर्ति गरेको समेत जनाएको छ । तोकिएका केन्द्रबाट उपभोक्ताले खाली सिलिन्डर लगेर तत्काल भरिएको नयाँ सिलिन्डर लैजान सक्ने जनाइएको छ । उपत्यकामा ग्यास वितरण गर्ने उद्योगका लागि भनेर ३८ बुलेट ग्यास शनिबार ल्याइएको निगमले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update