हिमाल दैनिक
नेपालमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह
gas
ग्यास उद्योगी र बिक्रेताहरुले ग्यासको कुनै अभाव नभएको भन्दै अनावश्यक रुपमा सञ्चय नगर्न आग्रह गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले सोमबार संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अहिले नेपालमा ग्यासको अभाव नरहेको र प्रत्याप्त मौज्दात रहेकाले अनावश्यक रुपमा सञ्चय नगर्न आग्रह गरेको हो । कोरोनाको त्रासका कारण एक्कासी ग्यासको माग बढ्न गएको र बिक्रि वितरणमा समस्या भएको भन्दै उनीहरुले प्रज्वलनजस्तो एलपी ग्यासको आवश्यकता भन्दा बढि सञ्चय नगर्न भनेको छ । त्यस्तै हाल ग्यासको आयात बिगतको भन्दा अहिले बढि भएको पनि जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । पत्रकार सम्मेलनमा नेपाल एपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले होलीका कारण आयातमा केहि समस्या देखिएपनि अहिले भने निर्वाध रुपमा ग्यास आयात भइरहेको जानकारी दिए । उनले अहिले एक करोड २३ लाख सिलिण्डर बजारमा रहेको र दैनिक एक लाख सिलिण्डर खपत रहेको बताए । उनले नेपाल ग्यासमा केहि समस्या देखिएको भन्दै नेपाल ग्यास उद्योगलाई दैनिक विवरण दिन भनिएको जानकारी पनि दिए । नेपाल एपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले खाली भएको ग्यासमात्र साट्न र नया सिलिण्डर बिक्रि नगर्न भनिएको जाानकारी दिएको छ । त्यस्तै ग्यासको आपूति व्यवस्था सहज राख्न प्रतिवद्ध रहेको पनि जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update