हिमाल दैनिक
औषधी अभाव हुन्छ भनेर आत्तिनुपर्दैन: नेपाल औषधि उत्पादक संघ
nepal ausadhi
नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने स्पष्ट पारेको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा ३ महिनासम्म औषधी अभाव नहुने स्पष्ट पारेको हो । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिए । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने क्रममा एलोपेथिक औषधिका ६२ वटा उद्योगहरु सञ्‍चालनमा रहेको र अरु ४२ वटा निर्माणाधीन अवस्थामा रहेको पनि संघले जनाएको छ । महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए । उनले भारत र चीनबाट औषधिका कच्चा पदार्थ ल्याइरहेको बताउँदै त्यहाँबाट नआएमा अन्य देशलाई विकल्पका रुपमा रोजिने पनि जानकारी दिए । महासचिव अधिकारीले ७५ प्रतिशत औषधिका लागि विदेशी कम्पनीलाई गुनासो गर्नु आवश्यक नरहेको पनी स्पष्ट पारे । संघले अहिलेको जटिल अवस्थामा सचेत भइ बजारलाई अनावाश्यक उत्तेजित हुन नदिन पनि सर्वसाधरण र पत्रकारहरुलाई अपिल गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update