नेपालमा भूकम्प आवास पुनर्निर्माण परियोजना अन्तर्गत ८६ हजार निजी आवास पुनर्निर्माणका लागि विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर ऋण दिने भएको छ ।
बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल स्थित कन्ट्री म्यानेजर फारिस एच हदाद जेर्भसले हस्ताक्षर गरेका हुन्।
विश्व बैंकबाट लिइएको यो ऋण सरकारले ३२ जिल्लाका ८६ हजार ६८ नीजी आवासको पूननिर्माणमा प्रयोग गर्ने अर्थमन्त्रालयले जनाएको छ । भूकम्प आवास पुनर्निर्माण परियोजनाले आवास पुनर्निर्माण दृष्टिकोणलाइ अपनत्व गर्ने र भूकम्प प्रतिरोधी भवन निर्माण प्रविधिलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।
कार्यक्रममा सहसचिव नेपालले भूकम्पपश्चात पुनःस्थापना र पुनर्निर्माण प्रयासमा निरन्तर समर्थन गरेकोमा विश्व बैंकप्रति सराहना व्यक्त गर्दे सहयोग महत्वपूर्ण रहेको बताए । व्यक्तिगत आवास पूरा गर्न सरकारको गरेको प्रतिबद्धता पुरा गर्न र यस आर्थिक वर्षको पुनर्निर्माणको लागी उक्त रकम प्रयोग गरिने उहाले बताए ।
त्यस्तै विश्व बैंकका नेपाल स्थित कन्ट्री म्यानेजर फारिसले भूकम्पबाट प्रभावित परिवारको जीवनको समेत पुनर्निर्माण गर्न नेपाल सरकारलाई निरन्तर समर्थन दिने र नेपालको विकासको यात्रामा सामेल हुने बताए । उक्त परियोजना अन्तर्गत बिश्व बैंकले यसअघि दुई पटक नेपाललााई सहयोग गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय