हिमाल दैनिक
जाडोको मौसममा सि.जी.का घरायसी सामाग्रीहरुको माग बढ्दो
CG-Winter-Appliances
जाडो याममा चिसिँदो मौसमसँगै आम उपभोक्ताहरुमाझ सि.जी.का घरायसी सामाग्रीहरुमो मागमा अत्याधिक बृद्धि भएको छ। नेपालको सबै भन्दा ठूलो व्यवसायीक कम्पनी चौधरी ग्रुप अन्तर्गतको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै नजिकिदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो। यसरी बजारमा ल्याएका सामाग्रीहरु विक्री वितरण गर्ने आधिकारिक डिलरहरुका अनुसार सि.जि.का सामानहरु सोचे भन्दा पनि बढि बिक्री भएको जानकारी सि.जी. कम्पनीले बताएको छ। यसरी मागमा भएको बृद्धिमा परेका सामाग्रीहरुमारुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन्। रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ। जसले कोठालाई एकदमै न्यानो पार्ने सक्दछ। जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सि.जी.ले ग्राहकको बजेटलाई ध्यानमा राखि ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ। त्यसैगरी केहि समयमानै कुनै झ्नझ्ट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन्। तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update