सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरको धर्नालाई निरन्तरता दिएका छन्। चिनी मिलहरूले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरू केहि दिन यता धर्नामा बसेका हुन् । २०७० बाट उखुको भुक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसानहरुले बताए ।
यसअघि पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको उनीहरुको भनाई छ । किसानका अनुसार २०७० देखि अहिलेसम्मको करिब ७० करोड बढी भुक्तानी बाँकी रहे पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानको दावी छ ।
भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरू कुनै पनि हालतमा चल्नसमेत नदिने किसानहरूको चेतावनी छ । किसानहरूले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मिलहरूले अहिले आफूखुसी ५ सय रुपैयाँ दिँदै आएकामा सरकारले निर्धारण गरेको ५३६ देखि ५५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरूको छ ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय