सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्ष देखि शिर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ । सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एल।जी।को अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गर्दछ ।
आर-३२ ग्याँसले एलजी इन्भटर एयर कन्डिसन को प्रणाली दक्षता बृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसन लाई अधिक टिकाउ बनाउँछ ।
आर-३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । आर-३२ र आर-४१० जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर-३२ सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखिनिय छ ।
यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ ।
डुवल कम्प्रेसर भएको यस एसी ले ७०% सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ । एजीका एयर कन्डिसनर मा १० वर्षको वारेन्टि पनि रहेको छ, साथै एलजीको एसि प्रयोग गर्दा वार्षिक ३२ हजार सम्मको बचत पनि गर्न सकिन्छ ।
एलजीको अधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सि।जी। ईम्पेक्स प्रा.लि रहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय