गण्डकी प्रदेशको पोखरामा पुस १२ गते देखि १६ गतेसम्म २१ औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।
आइतबार महोत्सवको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसियसन रेबनाले काठमाडौंमा पत्रकार सम्मेलन गरी पोखरामा पुस १२ गते देखि १६ गते सम्म २१ औँ पोखरा सडक महोत्सव आयोजन गर्न लागिको जानकारी दिएको हो ।
सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ हुन गइरहेको महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोको संस्कृतिहरु पोखरा सडक महोत्सवको आकर्षण हुने आयोजकको भनाई छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको सडक महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु महोत्सवको आकर्षण हुने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए।
सडक महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, लोकदोहोरी, कन्सर्ट र रत्यौली गीत प्रतियोगिता हुने कार्यक्रम रहेको संयोजक बरालले जानकारी दिए।
त्यस्तै सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले महोत्सवले सरकारको उक्त लक्ष्य पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय