हिमाल दैनिक
क्यान इन्फोटेक २०२० फागुन २ गतेदेखि सुरु
can infotech
काठमाण्डौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२० आगामी फागुन २ गते देखि ७ गते सम्म हुने भएको छ। कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन क्यान इन्फोटेकको २६ औं संस्करणको घोषणा गरेको हो । सचना प्रविधि र मनोरन्जन प्रदर्शनी हुने क्यान इन्फोटेक २०२० उपत्यका बाहिरका आठ स्थानमा पनि आयोजना हुने भएको छ । जसमा प्रदेश १ को इटहरी, प्रदेश २ को विराटनगर, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को वुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरीय प्रदर्शनी आयोजना गरिने क्यान महासंघले बताएको छ । सुचना प्रविधि तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने आवश्यक सहयोग प्रदान गर्न क्यान इन्फोटेक २०२० को आयोजना गर्न लागिएको क्यानका अध्यक्ष नवराज कुवरले जानकारी दिए। उनले मुलुकको बिकासका लागि प्रबिधि क्षेत्रको बिकास हुन सक्ने भन्दै यस क्षेत्रको बिकासका लागि सरकारसंग हात्तेमालो गर्दै अघि बढ्ने जिकिर गरे। प्रदर्शनीमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छ । सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएशन नेपाल (क्यान) नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ(संस्था र व्यवसायीहरुको छाता संगठन हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update