हिमाल दैनिक
पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम र नियन्त्रणका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन्। मंगलबार पूर्वराजा ज्ञानेन्द्रले बिज्ञप्ति सार्बजनिक गर्दै विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्नका लागि हिमानी ट्रष्टमार्फत कोरोना सहायता केन्द्रीय राहत कोषमा दुई करोड सहयोग गर्ने बताइएको छ। बिज्ञप्तिमा उनले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती भएको बताएका छन्। उनले यस्तो सम्बेदनशील समयमा सबैले आ-आफ्नो ठाँउबाट क्षमता अनुसार योगदान गर्न आग्रह गरेका छन्। कोरोनको रोकथामलाई नेपाल सरकारले गरेको लक-डाउनलाई सबै नेपालीले गम्भिरतासंग पालना गर्नुपर्ने बताएका छन्। उनले यस्तो दु:खको घडीमा गैरजिम्मेवार हुने छुट कसैलाई नरहेको बताएका छन् । यस्तो समयमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिरहेका चिकित्सक, नर्स ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा संचार माध्यमले पुराएको योगदानको उनले प्रसंशा गरेका छन्। उनले दु:खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न नेपालीले देखाएको अनुशासन तथा धैर्यताको सराहना समेत गरेका छन्।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update