हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ । पाटन अस्पताल र वीर अस्पतालमा ज्वरो आएर उपचारका लागि ल्याएका बिरामीको मृत्यु भएपछि मन्त्रालयले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ती बिरामीको कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएपछि मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा अरु उपचार नगरेर राख्ने प्रवृति नदोहोर्‍याउन देशैभरका अस्पतालहरूलाई चेतावनीसमेत दिएको छ । https://www.facebook.com/himaldainik/videos/204106577554370/?t=2 मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आकस्मिक रूपमा आउने बिरामीको उपचारमा लापरवाही नगर्न देशैभरका अस्पताललाई निर्देशन गरिएको बताए । हरेक अस्पतालमा ज्वरोका बिरामी आउनेबितिक्कै डराएर उपचार नगर्ने प्रवृति दोहोरिएको भन्दै यस्तो क्रियाकलाप नगर्न उनले ध्यानाकर्षण गराए । मन्त्रालयका अनुसार नेपालमा आजसम्म १०६० वटा परीक्षण गरिएको छ । आइसोलेसन बेडमा हाल टेकुमा १० जना र देशका विभिन्न प्रदेशमा ७७ जना रहेका छन् । चारजना आइसोलेसनमा रहेका बिरामीमध्ये दोस्रो र तेस्रो संक्रमितको कन्ट्याक्ट ट्रेस सकिएको तथा चौंथो र पाँचौको ८० प्रतिशत सकिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले नेपाल ल्याइएका स्वास्थ्य उपकरण मुलुकका बिभिन्न स्थानमा पठाइसकिएको जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update