सरकारले प्रत्येक प्रदेशमा एक हजारका दरले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट बाँडेको जनाएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । चीनबाट आइतबारमात्रै काठमाडौंमा स्वास्थ्य सामाग्री ल्याइएको थियो।
आएका सामाग्रीहरु सबै प्रदेशमा कम्तीमा हजार सेटको दरले पीपीई, दशहजार माक्स, २० हजार ग्लोब्स बितरण भएको उनले बताए । धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट पठाइसकेको र अन्य प्रदेशमा गाडीबाट पठाउने क्रम जारी रहेको समेत उनले बताए ।
उनले चीनबाट आएका सवै मेशिनहरुको जाँच भईसकेको र काम गर्ने अवस्थामा रहेको बताए । त्यस्तै उनले बाहिरीदेशबाट आएका सर्वसाधारणहरु ४४ हजार भन्दा बढिको नामावली स्थानीय तहबाट तयार भएर विवरण आएको पनि जानकारी दिए ।
प्रवक्ता देवकोटाले बुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए । अहिलेसम्मको जाँचमा नयाँ कोरोना संक्रमित नदेखिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय