हिमाल दैनिक
चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीमा कुनै अनियमितता छैन, तीन घण्टामा दुईटाको मात्र टेन्डर आयो!
mahendra shrestha
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको दावी गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । यद्यपि केही महंगो परेको हुनसक्ने मन्त्रालयले स्वीकार गरेको छ । https://www.facebook.com/himaldainik/videos/2846281592157796/?t=6 मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ । तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ । अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उहाले केही महंगो भएको भएपनि समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो नगरेको जिकिर गरे । पत्रकार सम्मेलनमा मन्त्रालयले ज्वरोको विरामीलाई उपचार नगरी फर्काइएको प्रति ध्यानकर्षण भएको भन्दै स्वास्थ्य उपचारका लागी निजी तथा सरकारी अस्प्ताल एक हुनुपर्ने जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update