हिमाल दैनिक
नेपालमा कोरोना भाइरसको संक्रमण पाँचौ व्यक्तिमा पनि देखिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयलका अधिकारीले २२ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी दिए। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर आतंक फैलिएकै बेला नेपालमा पनि विदेशमा गएर फर्किएका नेपाली नागरिकहरुमा क्रमणः संक्रमण देखिएको छ। https://www.facebook.com/himaldainik/videos/3006751436037141/?t=190 यसअघि सुरुमा एकजनामा देखिएको संक्रमणबाट उनी स्वस्थ भएर घर र्फिर्कएपनि फ्रान्सबाट फर्किएकी एक युवती र खाडीबाट फर्किएका दुई युवकमा कोरोना संक्रमण देखएकोमा आज फेरी अर्को केस देखिएको हो। सरकारी अधिकारी अनुसार, १७ मार्चमा बेल्जियमबाट कतारहुँदै कतार एयरबाट नेपाल आइपुगेकी १९ वर्षीय युवतीमा कोरोना पोजेटिभ देखिएको हो। उनको उपचार भइरहेको पनि बताइएको छ।उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update