हिमाल दैनिक
आज कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन
yadav-koirala
स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा बस्न तयार गरेको गाइडलाइनको पालना गर्न स्थानीय निकायलगायत सबै सर्वसाधारणहरुसँग आग्रह गरेको छ । बिहीबार कोभिड १९ बारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले स्थानीय पालिकाहरुले विदेशबाट आएका व्यक्तिलाई आफ्नो एरियामा राख्न र लक्षण देखिए आइसोलेसनमा राख्न आग्रह गरेका हुन् । उनले पालिकाका प्रमुखहरुलाई दैनिक क्वारेन्टाइन भ्रमण गर्न र त्यसबारे गृहमन्त्रालयलाई लेखिपठाउन पनि आग्रह गरे । विदेशबाट आएका नागरिकले आफूलाई सङ्क्रमण भएको कसरी थाहा पाउने कहाँ बस्ने जस्ता प्रश्न गरिरहेका उल्लेख गर्दै सचिव कोइरालाले भने, “विदेशबाट फर्किका कोही पनि आत्तिनु पर्दैन, यो भाइरसका कारण तपाईहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ, लक्षण देखिना साथ यही हो भन्ने हुँदैन ।” उनले यदि त्यस्तो आशङ्का भएमा आइशोलेसनमा बसेर तीन÷चार दिन हेर्दै गएर लक्षण बढ्दै गएमा अस्पतालमा नमूना परीक्षण गर्नुपर्ने र त्यसको थप उपचार सरकारले अगाडि बढाउने प्रष्ट पारे । सरकारले २५ वटा हस्पिटललाई हब हस्पिटल तोकेको उल्लेख गर्दै उनले फिबर क्लिनिक सञ्चालन गर्न ती अस्पताललाई १० लाखका दरले रकम उपलब्ध गराएको जानकारी दिए । ७ सयभन्दा बढी परीक्षण गर्दा तीनवटाबाहेक अन्य नेगेटिभ आएको उल्लेख गर्दै सचिव कोइरालाले बाहिरबाट आएका व्यक्ति क्वारेन्टाइनमा बस्न र ज्वरो देखिँदा तथा खोकी लाग्दा रोगको निश्चित नहुञ्जेल नअत्तालिन पनि आग्रह गरे। विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार ६ फिट टाढा बस्न र बाहिर जाँदा साबुनपानीले हात धुन पनि उनले आग्रह गरे ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update