पूर्व संचार तथा सूचनामन्त्री गोकुल प्रसाद बाँस्कोटा 'कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई आफ्नो एक महिनाको सांसदको तलब दिने घोषणा गरेका छन्।
सोमबार बेलुका आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत आफ्नो एक महिनाकाे तलब काेरना बिरुद्धकाे सरकारी काेषमा जम्मा बताएका छन्। उनले यो संदेश मा लेखेका छन्,'जस्ले जसरि लिउन त्याे उनकाे आग्रह वा बुझाईकाे सिमा भित्रकाे विषय हाे तर मेरो एक महिना काे तलब काेरना बिरुध्दकाे सरकारी काेषमा जम्मा गर्ने निर्णय गरेकाे छु ।'
https://twitter.com/GokulPBaskota/status/1242109072901468163
बाँस्कोटाको केहि समय अगाडी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्बजनिक भएपछि उनले संचार मन्त्रीको पद बाट नैतिकताको आधारमा राजिनामा दिएका थिए।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय