हिमाल दैनिक
तापक्रम मापन गरेर मात्र सिंहदरबार प्रवेश
singh-durbar-corona
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्ने सेवाग्राहीको तापक्रम मापन गर्न थालिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्न तापक्रम मापन गर्न थालिएको हो । ज्वरो मापनका लागि स्वास्थ्य सेवा विभागको एक टोली सिंहदरबारको सेवाग्राही प्रवेश गर्ने दक्षिण गेटमा खटिएका छन् । सिंहदरबार प्रवेशका लागि आउने सेवाग्राहीमा १०० डिग्रीसम्म तापक्रम देखिएमा छुट्टै कक्षमा राखेर तापक्रम घटेपछि मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ । कोरोनाको सम्भावित संक्रमणलाई ध्यान दिँदै सरकारले सतर्कता अपनाउन आग्रहको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्र पनि कोरोना भाइरसको सम्भावित संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड पनि स्थापना गरिएको छ । संघीय संसद सचिवालयका अनुसार आइसोलेसन वार्डका लागि एउटा कोठा छुट्याइएको छ । कसैलाई संक्रमण भएको शंका लागे वार्डमा राख्ने र एम्बुलेन्समार्फत तुरुन्त उपचारमा पठाइने सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update