सरकारले कोरोना भाइरस(कोबिड-१९)को संक्रमणलाई फैलिन नदिन उतर र दक्षिण दुवै छिमेकी राष्ट्रहरुसंगको नाका बन्द गर्ने निर्णय गरेको छ।
दोस्रो पटकको मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको पहिलो मन्त्रिपरिषदको बैठकले उत्तर तर्फको चीनसंगको र दक्षिण,पूर्व ,पश्चिममा भारतसंग जोडिएको सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।
भारतमा फैलिदै गएको संक्रमणलाई नियन्त्रणमा राख्न कोसिस गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले आ-आफ्नो प्रदेशमा 'लक-डाउन' को निर्णय गरे लगत्तै नेपाल सरकारले पनि सीमा नाका बन्द गर्ने निणय गरेको हो। यसरी नाका बन्द रहेको अवस्थामा भने अत्यावश्यक सामग्रीको दुवानी भने सुचारी रहने बताइएको छ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय