प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।
बिश्वभर महामारीको रुपमा फैलिदै गएको कोराना भाइरस(कोबिड-१९)को संक्रमणबाट मुलुक र जनतालाई सुरक्षित राख्न पछिल्लो समय एक पछि अर्को कडा निर्णय गर्ने क्रममा रहेको सरकारका प्रधानमन्त्री ओलीले संबत शुक्रबार साँझ देशवासीको सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
स्वयम दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली अहिले प्रधानमन्त्री निवासमा स्वास्थ्य लाभ लिईरहेका छन्। केहि दिन अघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सार्क स्तरीय बैठकमा राष्ट्रध्यक्ष र सरकार प्रमुखहरुको भिडियो कन्फेरेन्समा प्रधानमन्त्री ओलीले पनि सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय