हिमाल दैनिक
कोरोनाको त्रासदीबीच सरकारको सान्त्वनाः आत्तिनु पर्ने अवस्था छैन
khatiwada
सरकारले कोरोना भाइरसका कारण थोरै क्षेत्र मात्र प्रभावित भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको स्पष्टिकरण दिएको छ। सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार र अर्थमन्त्री युवराज खतिवडाले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जानकारी दिए। पछिल्लो समय युरोप र अमेरिका लगायतका मुलुकमा कोरोना संक्रमणको भयावह स्थिति र सरकारले लिएको पछिल्ला निर्णयका कारण नेपाली समाजमा आतकं र भएको श्रृजना भएको छ। व्यापार, वित्त, उद्योग, निर्माण क्षेत्र स्वभाविक रूपमा अगाडि बढिरहेको दाबी गरे। जब कि कोरोना प्रभावका कारण कतिपय उद्योग, कलकारखानामा समेत यसको नकरात्मक प्रभाव परेको उद्योग व्यवसायीको गुनासो छ। पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रै रहेको भन्दै मन्त्री खतिवडाले त्यसको अर्थतन्त्रमा प्रभाव पनि सोही अनुसार मात्रै पर्ने जिकिर गरे। स्वास्थ्यका कारण चिनियाँ नाकाबाट आयात नभए पनि भारततर्फको नाकाबाट आयात भईरहेको भन्दै खाद्यान्न लगायतका सामाग्रीको अभाव नहुने दाबी उनले गरे। मन्त्री खतिवडाले सरकारले तत्कालिन विश्व परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै दुई छिमेकी मुलुकको अवस्थालाई पनि हेरिरहेको बताए। होटलमा कार्यरत कर्मचारी केही प्रभावित हुने भएपनि उनीहरूको सामाजिक सुरक्षासमेत रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको दाबी उनले गरे। जबकि कोरोनाको असर पश्चात आन्तरिक पर्यटकको समेत संख्यामा भारी कटौती हुँदा होटल तथा पर्यटन व्यवसायीले राजधानीका अधिकांश होटलबाट कर्मचारीलाई अनिश्चित कालका लागि बेतवी विदामा बस्न बाध्य गराइसकेका छन्। समाजको चौतर्फी दबाबका बाबजूद पनि एसईई परिक्षा नियमित गराउने तयारीमा रहेको सरकारले अन्तिम सयममा बुधबार साँझमात्रै नेकपा सचिवालय बैठकको निर्देशन पश्चात उक्त परिक्षा स्थगित गरेपनि मन्त्री खतिवडाले भने त्यसलाई सबैको आग्रहमा सारिएको जानकारी दिए। उनले विद्यार्थीलाई जोखिममा नराख्न अभिभावकसहितको आग्रहमा शैक्षिक क्यालेन्डरलाई असर नपर्ने गरी पछाडि पारिएको जानकारी दिए। पत्रकार सम्मेलनमा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक बस्तुको अभाव नहुने भन्दै अहिले सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताए। साल्ट ट्रेडिङसँग मात्रै अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात रहेको उनले बताए। सरकारले नै सहुलियत पसल संचालनमा ल्याउने भएकाले उपभोक्तालाई कुनै पनि सामानको अभाव हुन नदिने उहाले जानकारी दिए। त्यस्तै केही दिनमा खाना पकाउने ग्याँस पनि सहज हुने उनले बताए। आफूले यसअघि कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेको बताउँदै मन्त्री भट्टले फलफूल, तरकारीको नियमित आपूर्ति रहेको धारणा राखे।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update