हिमाल दैनिक
कोरोना भाइरस जाँचका लागि प्रदेशमै प्रयोगशालाको निमार्ण गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन
Corona-virus-mukhymantri
नोभेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यो रोगको जाँचका लागि नमूना परीक्षणका लागि प्रयोगशाला निर्माण गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको छ। समितिले आइतबार सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि नमूना संकलन गरेर वा बिरामीलाई केन्द्रमा पठाउने कार्य जोखिमपूर्ण र जटिल भएकाले प्रदेशमै प्रयोगशालाको निमार्ण गर्न निर्देशन दिएको हो । समितिले भारतसँग जोडिएका नाकाहरुको निगरानीमा थप कडाई गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको छ । बैठकले कोरोनाको त्रासमा खाद्य आपूर्ति बन्द हुने अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक सामाग्री ‘फास्ट ट्रयाक’ बाट खरिद गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोनाको उपचारमा खटिने चिकित्सकको बीमा गर्ने निर्णय पनि गरेको छ । बैठकमा बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेको भन्दै सहज बनाइदिन माग गरेका थिए । अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकमा मुख्यमन्त्रीहरूले स्वास्थ सामग्री खरिद प्रकिया प्रदेश सरकारले खरिद गर्दा प्रक्रिया जटिल रहेकाले सहज बनाईदिन आग्रह गरेको जानकारी दिए । https://www.facebook.com/himaldainik/videos/855097671570879/?t=2 अहिलेसम्म स्वास्थ्य सामग्रीको अभाव नभएपनि पूर्व तयारीका रूपमा स्वास्थ्य सामग्रीहरू हुनुपर्नेमा मुख्य मन्त्रीहरूले जोड दिएका छन् । स्वास्थ्यकर्मीहरूको विमादेखि सामाजिक सुरक्षाका कुराहरू पनि व्यवस्थित गर्न उनीहरूले आग्रह गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । गृह मन्त्रालयको अनुमति बेगर प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले जिल्ला छोड्न नपाउनेसहितका निर्णय पनि समितिले गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update