हिमाल दैनिक
कोराना भाइरसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री मोदीद्वारा अलग्गै कोष खडा गर्ने प्रस्ताव
narendra modi
भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आपत्कालीन कोष बनाउने प्रस्ताव अगाडी सारेको छ। आइतबार साँझ कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सार्क मुलुकका राष्ट्राध्याक्ष र प्रधानमन्त्रीबीच आयोजित ‘भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कमव्याटिङ कोरोना भाइरस सेटिङ एन एक्जाम्पल फर द वल्र्ड’ नामक भिडियो कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त आपत्कालीन् कोष ुकोभिड(१९ फन्ड खडा गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुबीच राखे। भिडियो कन्फरेन्समा प्रधानमन्त्री मोदीले हरेक सार्क राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकता अनुरुप यसलाई परिचालन गर्न सकिने सुझाब दिएका थिए। मोदीले भारतको तर्फबाट उक्त कोषमा १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गरेको छन्। यस कोषमा जम्मा भएको रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च गर्न सकिने मोदीले बताए। भिडियो कन्फरेन्समा सबै सार्क राष्ट्रहरुका राष्ट्राध्याक्ष÷प्रधानमन्त्रीहरुका सहभागी भएपनि पाकिस्तानका तर्फबाट भने त्यहाँका स्वास्थ्य मन्त्री सहभागी भएका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update