हिमाल दैनिक
एम्बुलेन्स खरिदमा कुनै घोटाला भएको छैन: विकासमन्त्री सुबेदी
krishna_subedi_himal_dainik
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुबेदीले विधि र प्रक्रिया अनुसार एम्बुलेन्स खरिद गरेको दाबी गरेका छन् । धनगढीमा बुधबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुबेदीले एम्बुलेन्स खरिदमा कुनै घोटाला नभएको दाबी गरेका हुन्। यसअघिका प्रदेशसभा बैठकहरूमा प्रदेशसभा सदस्यहरूले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा एम्बुलेन्स खरिदमा अनियमितता गरेको आरोप लागेको भन्दै मन्त्रीसँग जवाफ माग गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्च स्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने समेत बताएको थियो । https://www.facebook.com/himaldainik/videos/2588754471402751/?t=10 केही सत्तारुढ दलकै सांसदहरूले पनि प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्रालयले खरिद गरेका बस्तुहरूमा अनियमितता गरेको आरोप आइरहेको भन्दै मन्त्रीसँग जवाफ माग गरेका थिए । मन्त्री सुबेदीले बुधबारको प्रदेशसभा बैठकमा सबै प्रक्रिया पुर्‍याएर एम्बुलेन्स खरिद गरेको बताए । शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिदै मन्त्री सुबेदीले अल्ट्रासाउन्ड खरिद पनि विधि र प्रक्रिया अनुसार नै गरेको बताए।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update