हिमाल दैनिक
पाँच नम्बर प्रदेशको नाम र राजधानी यहि अधिवेशनबाट टुंगिन्छः मुख्यमन्त्री पोखरेल
83189057_2754026501356503_4890352936929984512_n
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामाकरणको विषय जारी हिउँदे अधिवेशनबाटै टुंग्याउने घोषणा गरेका छन्। प्रेस संगठन नेपालको प्रथम प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै पाँच नम्बर प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले प्रदेशको चलिरहेकै हिँउदे अधिवेशनबाट प्रदेशको नाम र राजधानीको विवाद टुंगोे लाग्ने बताएका हुन्। प्रदेशको राजधानीको विषयमा कसैले पनि दम्भ देखाउन आवश्यक नरहेको बताउँदै पोखरेलले सहमतिकै आधारमा प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउने पनि बताए। चुनाव अघिको सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि चुनावमा त्यसलाई बदलेर दाङ सार्ने भनि जनताको मत माग्दै विजयी भएपनि प्रदेश सभामा उनको चाहना बमोजिमको निर्णयका पक्षमा मत पुग्ने सम्भावना नरहेपछि दुई वर्षदेखि उक्त विषय टुंग्याउन सकिरहेका छैनन्। नयाँ संविधानले परिकल्पना गरेका सात प्रदेशमध्ये एक, दुई र पाँच नम्बर प्रदेशकाे नाम र राजधानी टुंगाे लगाउन बाँकी रहेकाे छ। कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षा विना समाचार लेख्न नहुने मुख्यमन्त्री पोखरेलको भनाइ थियो। उनले राज्यविरुद्ध विद्रोको बाटोमा हिँडेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतत्वको नेकपाले लिएको बाटो सही नभएको दाबी समेत गरे। प्रेस संगठनमा आवद्ध पत्रकारहरू वर्तमान र भविष्यलाई जोड दिएर अगाडि बढन आवश्यक रहेको मुख्यमन्त्री पोखरेलको कथन थियो। कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले प्रेसलाई नियन्त्रण गर्न नखोजेको दाबी गरे। संघीय संसदमा सरकारले अघि सारेका केही विधेयक र त्यसमा राखिएका प्रावधानहरुको कारण सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप लाग्दै आएको छ। कार्यक्रममा प्रेस संगठनमा रहेका सदस्यहरूले सपथ लिएका थिए।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update