हिमाल दैनिक
नेकपाका द्वितीय अध्यक्ष दाहालले बोके धनुषा पुगेर मिथिलाविहारी भगवानको डोला
prachanda
दश वर्षे माओवादी हिंसात्मक द्वन्द्धकालमा कार्यकर्ताहरुलाई हिन्दु धर्म र संस्कृतिमाथि प्रहार गर्नेक्रममा मन्दिर समेत भत्काउने कार्यकर्ताको नेतृत्वकर्ता पुष्पकमल दाहाल परिस्थिति अनुसारको राजनीतिक कलाकारिता गर्न माहिर छन् भन्नेमा कसैको विमति छैन। कुनै समयमा धर्म, कर्ममा विश्वास नगर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष दाहालले आइतबार भने नेपाल उखान अनुसार ‘देश अनुसारको भेष...’ भन्ने भनाई चरितार्थ गरे। नेपाली धर्म, कला र साहित्यमा अत्यन्त पुरानो पहिचान र मौलिकता बोकेको मिथिला सभ्यताको केन्द्र धनुषामा मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरे। जनकपुरधाममा उनले उक्त अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने समेत घोषणा गरे। https://youtu.be/BpoILO9-zac दाहालले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजीक धर्मशाला बनाउने घोषणा मात्रै गरेनन् मिथिलावासीलाई बुझ्न सहज होस भनि हिन्दीमा भाषण समेत ठोके। उनैको पार्टीको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरुले तराई मधेसका सांसदहरुले प्रतिनिधि सभामा हिन्दीमा प्रश्न गर्दा नबुझेको बहानामा कुनै जवाफ नदिएर तिरस्कार गरेपनि नेता दाहालले भने मिथिलामा पुगेपछि मैथिलि सभ्यता झल्काउने पहिरन लगाएर हिन्दीमा भाषण गर्दैृ त्यहाँका जनतालाई आफ्नो साथ र सहयोग रहेको बताए। मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतका लागि महाकुम्भ भएको भन्दै दाहालले दुबै देशको धार्मिक संस्कृति आदानप्रदानमा ठूलो योगदान पु¥याइरहेको पनि बताए। आफू पहिलोपटक प्रधानमन्त्री रहेका बेला पनि परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् शुरु भएको छ। मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update