हिमाल दैनिक
पार्टी एकजुट हुनुको विकल्प छैनः सभापति देउवा
81551299_906190496450870_8607034222604976128_o
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताएका छन्। धनुषाको सवैलामा शनिबार कांग्रेसका सत्याग्रही नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले लोकतन्त्रमाथि संकट देखिएकोले पार्टी एकजुट हुनुको विकल्प नरेको बताएका हुन्। ‘केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको छ, कानूनहरु संशोधन गरेर संघीयता मास्न खोजेको छ,’ देउवाले भने, ‘अहिले पार्टी एकजुट हुनुपर्दछ, कांग्रेस एकजुट भए कसैले केही गर्न सक्दैन।’ संविधानले प्रत्याभूति गरेको लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो। कम्युनिष्ट सरकारले हरेक आयोग गठन गर्न एकलौटी गरेको देउवाले आरोप लगाएका छन्। हरेक आयोगमा एकलौटी गरेर ओली नेतृत्वको सरकारले शाही आयोग बनाउन खोजेको भन्दै यो लोकतन्त्रवादीका लागि कुनै हालतमा स्वीकार्य नहुने पनि उलने बताए। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए। सरकार सबै अधिकार सिंहदरबारमा राखेर आमनागरिकको लोकतान्त्रिक अधिकार खोसेर सर्वसत्तावाद लाद्न खजिरहेको निधिले बताए। मधेशी जनतालाई सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको उनले बताए। श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका केन्द्री सदस्य आनन्दप्रसाद ढुंगाना, फरमुल्ला मंसुर, महेन्द्र यादव, रामकृष्ण यादवलगयातका नेताहरुले सम्बोधन गरेका थिए। २००७ सालदेखि कांग्रेसका नेता महेन्द्रनारायण निधि, रामनारायण मिश्र लगायतका नेताहरुको सामिप्यतामा आएर १२ सालमा तत्कालिन महोत्तरी जिल्ला पार्टी सचिव बनेका नायक १८ सालमा निधिले चलाएको सत्याग्रहमा सहभागी भएर पक्राउ पर्ने निधिपछिका दोस्रो नेता थिए। गान्धीवादी नेताका रुपमा परिचित नायकको ८७ वर्षको उमेरमा मंसिर ३० गते आफ्नो निवास निधन भएको थियो।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update