हिमाल दैनिक
कांग्रेसभित्र निष्ठा र इमान भन्दा गुटबन्दी र भागवण्डा बढ्योः शेखर कोइराला
82928198_3471347509604037_6704400282123501568_n
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले इतिहासकै कठिन मोडमा पुगेको पाटीभित्र पछिल्लो समय भागवण्डा र लेनदलको संस्कारले बढवा पाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र गैरसंस्थापन पक्षका नेताहरुबीच भागवण्डाको आधारमा भएको सहमतिप्रति प्रत्यक्ष रुपमा नभएपनि घुमाउरो पाराले नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे। लम्जुङको बेसीशहरमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टीभित्र निष्ठावान र इमान्दार ब्यक्तिहरुलाई किनारा लगाउॅदै जान थालिएको र मुल्यांकनको परिपाटी हराउॅन थालेकोमा चिन्ता व्यक्त गरे। कोइरालाले निष्ठा र बैचारिक राजनीति कांग्रेसबाट हराउॅन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको पनि बताए। आफु पार्टीभित्र वैचारिक उर्जा भर्ने अभियानमा लागेको बताउॅदै पार्टी यतिवेला ईतिहांसकै कठिन मोडमा पुगेको उनको कथन थियो। बेसीशहर नगरसमिति वार्ड नं.१ ले लमजुङ्को उदिपुरमा आयोजना गरेको कार्यकर्ता भेला तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डाको अझ बढेको बताए। पार्टीको १४औं महाधिवेशनपछि भागबण्डा र गुटको अन्त्य हुने दाबी कोइरालाको थियो। गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागी आफुले कुनै कसर बॉकी नराख्ने बताए। कार्यक्रममा लमजुङ् कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पुर्व सभापती यज्ञबहादुर थापा, तनहु कांग्रेसका पुर्व सभापती ध्रुव वाग्लेले एकै स्वरमा बर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिती र कार्यकर्ताको भावना अनुसार अगाडी बढ्न नसकेको आरोप लगाए।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update