गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ पेश भएको छ । सभामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त विधेयक प्रस्तुत गरेका हुन्।
आजको विशेष समयमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतका भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । पोखरामा सागअन्तर्गत आठ वटा खेल सम्पन्न भएको उल्लेख गर्दै उणले निर्माण गर्नुपर्ने बाँकी कामलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उणले निर्मित संरचनाको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औंल्याए।
अर्का सदस्य मीना गुरुङले स्वास्थ्य जनताको मौलिक हक भएको बताउँदै भौगोलिक विकटतालगायतका कारणबाट स्वास्थ्यमा सहज पहुँच पुग्न नसकेको गाउँ बस्तीमा शिविर सञ्चालन गरेर भए पनि स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताईन ।
अर्का सदस्य धनमाया लामाले विधतायुक्त हाम्रो समाजमा विभिन्न जातजातिका संस्कृतिलाई जगेर्ना गर्दै राज्यले सार्वजनिक बिदा दिनुपर्ने बताईन।
बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य कृष्ण थापा र मेखलाल श्रेष्ठले समसामयिक विषमा सरकारको ध्यानाकर्षण गराएका थिए। प्रदेशसभाको अर्को बैठक माघ १२ गते १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय