नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन्।
प्रेस सङ्गठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने जानकारी दिए। आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो। उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहो¥याए।
गौतमको मनोनयनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडानले सत्तारुढ दल नेकपाभित्र चर्को बबण्डर सुरु भएको छ।
अध्यक्ष दाहाल आजदेखि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सुकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार यहाँ आइपुगेका हुन्। रासस
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय