हिमाल दैनिक
काँग्रेस संसदीय दल उपनेतामा भँडेल
krishnalal bhadel
वाग्मती प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उक्त संसदीय दलको उपनेतामा भक्तपुर जिल्लाबाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेललाई आज नियुक्त गरेका छन् । नेता बानियाँले केही महिनाअघि उक्त संसदीय दलको मुख्य सचेतकमा राधा घले, उपसचेतकमा छिरिङ दोर्जे लामा र सदस्य सचिवमा निमा लामा र प्रवक्तमा प्रभात तामाङलाई नियुक्त गर्नुभएको उहाँको स्वकीय सचिव मिलन पुडासैनीले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update