हिमाल दैनिक
राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत
NarayanAdhikari_Chitwan_RSS_IMG_9948
बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो । [caption id="attachment_81793" align="alignnone" width="1800"] तस्वीरः भरतपुर महानगरपालिकाद्वारा बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई बुधबार भरतपुर विमानस्थलमा पञ्चे बाजाका साथ स्वागतका क्रममा बाजाको निरीक्षण गर्दै राजकुमारी एस्ट्रिड । साथमा राजकुमार लोरेन्स र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।[/caption] विमानस्थल बाहिर महानगरपालिकाले राजकुमारी एस्ट्रिडलाई पञ्चैबाजाका साथ स्वागत गरेको थियो । राजकुमारीको स्वागतमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी भएका थिए । राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी गराएकी थिइन् । यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिएकी थीइन । दाहालसँगै राजदूत थापाले जिल्लाको महत्वका बारेमा राजकुमारी एस्ट्रिडलाई अवगत गराएकी थिइन् । [caption id="attachment_81794" align="alignnone" width="1800"] तस्वीरः भरतपुर विमानस्थलबाट बुधबार बाहिरिने क्रममा बेल्जियमकी राजकुमारी एस्ट्रिड ।[/caption] राजकुमारी एस्ट्रिडसँगै उहाँका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह सहभागी भएको थियो । यही माघ ५ गतेका दिन नेपाल आउनुभएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडले नेपालका राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट गरेकी छिन्। यस्तै उनले भक्तपुरको दरवार क्षेत्र, बौद्धनाथ स्तूप, काठमाडौँका विभिन्न स्थलहरु र धनगढीको भ्रमण गरेकी छिन् । उहाँ आजै नवलपरासीबाट फर्किएर मेघौली बस्ने कार्यक्रम रहेको छ । राजकुमारी एस्ट्रिड दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा निजी घुमफिरमा रहने राजदूत थापाले जानकारी दिनुभयो । –––
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update