हिमाल दैनिक
नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराउनु भएको थियो । उनले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताए । काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताए। नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै हामी आफँैले फोहर नफाल्ने भनेर सङ्कल्प ग¥यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिनेछ भने । उनले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचा,े डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराए । नेता थापा सोही टोलमा बस्छन।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update