हिमाल दैनिक
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारे । सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गरे । एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको छ भने ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update