प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी सहयाेगका लागि भएकाे मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झाैता संसदबाट पारित गर्न सरकारलाई आग्रह गरेको छ।
पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको हितमा रहेको एमसीसी सदनबाट अनुमाेदन गर्न सरकारलाई आग्रह गरेको हो।
उनले एकातिर अमेरिकी विस्तारवाद भन्ने र अर्कोतिर सहयोगको अपेक्षा गरेर सरकारले दोधारे चरित्र देखको भन्दै आप्पत्ति जनाए।
त्यस्तै उनले सूचना प्रविधि विधेयक नागरिकको अधिकार हनन हुने प्रकारको रहेको बताए। त्यस्तै सरकारले उखुको गएको वर्षकै समर्थन मुल्य तोकेको जनाउँदै किसानलाई जति सक्दो चाँडो न्याय दिलाउनु पर्नेमा जोड दिए।
प्रवक्ता शर्माले नेपाल ट्रस्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने निर्णय सरकारले पुनर्विचार गर्नुपर्ने बताए। नेकपा अध्यक्षको सचिवालयले प्रदेश नम्बर ३ को राजधानी र नामको निर्णय गरेर प्रदेश सभाको अधिकार खोसेको उनले आरोप लगाए। उहाले पार्टीभित्रको विवाद अन्त्यका लागि शिर्ष नेताहरुबीच छलफल भइरहेको जानकारी पनि दिए।
प्रवक्ता शर्माले पुष २० गते राष्ट्रिय सभाका उमेदवारको उमेदवारी दर्ता गर्नुपर्ने भएकोले उमेदवारको टुंगो लगाउने विषयमा छलफल गर्न कांग्रेसले बुधबार बेलुका ५ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बोलाइएको बताए।
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय