नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति प्रेमराज राईको ७२ बर्षको उमेरमा निधन भएको छ । कजेलोको क्यान्सरबाट पीडित राइको उपचारका क्रममा मंगलबार बिहान मनमोहन मेमोरियल सामूदायिक अस्पतालमा निधन भएको हो ।
राईको निधन भएपछि काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, नेताहरु डा प्रकाशशरण महत, दिलेन्द्र बढु लगाएत अस्पताल पुगी राइप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राइको पार्थिव शरिरलाई ओखलढुङ्गा लैजाने र ओखलढुङ्गामा नै अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय राइ मुलुकको परिवर्तनका लागि भएको बिभिन्न आन्दोलनमा सक्रिय सहभागी थिए भने पटक पटक गिरफ्तारीमा पनि परेका थिए ।
ओखलढुंगा कांग्रेसका पूर्वसभापति राई नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य स्व।बलबहादुर राईका जेठा छोरा थिए।
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय