नेकपाका वरिष्ठ नेता एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन्।
नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भने । वरिष्ठ नेता नेपालले माक्र्सवादलाइ नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताए।
सो अवसरमा उनले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराएका थिए ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय