हिमाल दैनिक
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदबाटै एमसीसी पास हुने स्पष्ट पारेका छन्। सिंहदरबारमा सोमबार विदेश मामिला सम्बन्धी वार्षिक प्रतिवेदन २०१८–०१९ सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले क्याबिनेटबाट एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) अनुमोदन भइसकेको र संसदबाटै पारित हुने बताएका हुन्। सत्तारुढ नेकपाले पनि एमसीसीबारेआधिकारिक रुपमा छिट्टै निर्णय गर्ने उनको भनाई छ । मन्त्री ज्ञवालीले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन् २०१७ को सेप्टेम्बरमा सम्झौता भए जसरीकै आधारमा अघि बढाइने जिकिर गरे । भारतले नेपालको सीमा अतिक्रमण गरेको सम्बन्धमा मन्त्री ज्ञवालीले लिपुलेक–कालापानी सीमा विवाद हल गर्न बार्ताका लागि पहल भइरहेको बताए। परराष्ट्र मन्त्रालयले सचिव स्तरीय दुई पक्षीय संयन्त्रको बैठकको मितिका लागि छिटै तयारी गर्ने उनको भनाई छ । नेपालले पठाएको पत्रको जवाफ भारतले दिइसकेकाले अब चाँडै बार्ता हुने मन्त्री ज्ञवालीले बताए।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update